प्रदेश १ मा नीति तथा कार्यक्रम आज


 


विराटनगर, जेठ २३
प्रंदेश १ सरकारले आज आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम संसद्मा पेश गर्दैछ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपरान्ह तीन बजे प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

प्रदेश मन्त्रीपरिषद स्रोतका कोरोना कहरलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आउँदैछ । सामुदायिक स्वास्थ्य र शिक्षा क्षेत्रलाई तथा कृषि क्षेत्रलाई विशेष सम्बोधन गर्ने गरी नीति कार्यक्रम आउने स्रोतको भनाइ छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्