सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, यात्रु सकुशल



mountain-airकाठमाडौं, असोज ९

सोलुखुम्बुको जुभीङमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् । जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मीक रुपमा हेलिकप्टरलाई सोही हेलीप्याडमा अवतरण गराएका थिए ।

अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको छ । आइतबार बिहान करिब साढे ७ बजे हेलिकप्टर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए ।

बिरामी लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको उक्त हेलिकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो । बिरामीसहित ४ जना लिएर पुनः लुक्ला उडेको सो हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटना पछि श्री एयरको हेलिकोप्टरले उनीहरु सबैलाई उद्धार गरी लुक्ला पुर्‍याएको छ । जुभिङ ४ बस्ने ३८ बर्षका देवानसिङ राई हात भाँचिएर घाइते भएपछि उपचारका लागि अस्पताल लैजान हेलिकप्टर झिकाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News