‘घिमिरे अाफैंले जीप चलाएका थिए’


 


काठमाडाैं, असाेज ९

त्रिशुली नदीमा खसेर बेपत्ता भएका पूर्व गृहमन्त्री माधव प्रसाद घिमिरेल बा ९ च १५३१ नम्बरकाे जीप अाफैले चलाएका थिए । घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए । हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो ।

स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका घिमिरेसँग गाडी चालक पनि थिए । त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो ।

दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।

घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन । पूर्व मुख्य सचिव घिमिरे खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषदका गृह तथा परराष्ट्र मन्त्री थिए ।

प्रकाशित मिति: ९ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्