अमेरिकामा कोरोनाले १ लाख १३ हजार बढीको मृत्यु


 


काठमाडौं, जेठ २७
५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मंगलबार बिहान साढे ५ बजेसम्म १ लाख १३ हजार ५० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५८२ जनाको मृत्यु भएको छ । भने काेरोना भाइरसको महामारीले अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ ।

१५ दिनअघिसम्म कोरोना भाइरसको महामारीले दैनिक २ हजार देखि २५ सयसम्म मानिसको मृत्यु भएको अमेरिकामा अहिले यो दर ६ सयको हाराहारीमा आएको छ।

यस्तै एकै दिन १८ हजार २४२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख २५ हजार ६९१ पुगेको छ ।

कुल संक्रमितमध्ये ७ लाख ७१ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४० हजार ९२७ जनामध्ये १६ हजार ९०४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्