घिमिरे चढेकाे गाडीमा काे-काे थिए ?


 


madhav-ghimireकाठमाडाैं, असाेज ९

आइतबार साँझ ५ बजेतिर त्रिशूली नदीमा पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी खसेर वेपत्ता भयो । गाडीमा सवार ७ जनामध्ये तीनको मृत्यु भइसक्यो । दुई भाईसहित घिमिरे अझै वेपत्ता छन् । जीपबाट उछिट्टिर बाँच्न सफल चालक अस्पतालमा छन् ।

गाडीमा को–को थिए ?
चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार जीपमा सात जना सवार थिए ।
पूर्वमन्त्री माधवप्रसाद घिमिरे (वेपत्ता)
आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे (मृत्यु)
अंगरक्षक रामचन्द्र कार्की (मृत्यु)
आफन्त नारायणप्रसाद काफ्ले (मृत्यु)
प्रकाश घिमिरे (वेपत्ता)
मोहन घिमिरे (वेपत्ता)
चालक विष्णु राई (अस्पताल)

प्रकाशित मिति: ९ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्