घिमिरे अझै भेटिएनन्, खाेजी कार्य जारी


 


ghimire-jeepकाठमाडाैं, असाेज १०

पूर्वगृहमन्त्री माधव घिमिरे अझै भेटिएका छैनन् । घिमिरे चढेको जीप आइतबार साँझ चितवको तारेचोकस्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको थियो । एसपी वसन्त कुँवरका अनुसार आइतबार राति १ बजेसम्म नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेपनि भेट्न सकिएको छैन् ।

‘हामीले राति १ बजेसम्म खोज्यौं’ एसपी कुँवरले भने, ‘पानीको तीव्र बहाबको कारण गाडी बगाएर तल्लो भागतिर पुर्याएको हुनुसक्ने अनुमान गरिएको छ ।’ उद्दारकर्मीहरुले जेनेटर बालेर राति १ बजेसम्म खोजी कार्य जारी राखेका थिए । गाडीसँगै माधव घिमिरे उनका भाई प्रकाशचन्द्र घिमिरे र अर्का भाई मोहन घिमिरे बेपत्ता छन् ।

त्यस्तै, गाडीमा सवार उनका अंगरक्षक आरसी कार्की र आमा चैतन्यकुमारी घिमिरे र आफन्त नारायण काफ्लेको शव फेला परेको छ ।चालकको भने चितवनस्थित पुरानो मेडिकलमा उपचार भइरहेको छ । मृतकहरुको आज पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

‘घिमिरे अाफैंले जीप चलाएका थिए’

घिमिरे चढेकाे गाडीमा काे-काे थिए ?

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशूलीमा वेपत्ता, तीन जनाको मृत्यु

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्