टिकापुर घटनामा मारिएका एसएसपी न्यौपानेकाे परिवार भन्छ, दाेषीलार्इ कारबाही हाेस्


 


laxman neupaneकाठमाडाैं, असाेज १०

सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने तयारी गरेपछि कैलालीको टीकपुर घटनामा परी ज्यान गुमाएका एसएसपी लक्ष्मण न्यौपानेका परिवारले घटनाको दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।। सरकारले मुद्दा फिर्ता लिने तयारी गरेकोमा आफूहरुलाई दुःखी बनाएको परिवारले बताएको छ ।

प्रचण्ड नेतृत्वको सरकार गठन हुनुपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तीनबुँदे सहमति भएको थियो । तीन बुँदे सहमतिमा आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने गरी कांग्रेस र माओवादीले मधेसी मोर्चासँग सहमति गरेका थिए ।

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्