ओभरटेक गर्दा दुर्घटना


 


madhav-ghimireकाठमाडाैं, असाेज १०

पुर्व गृहमन्त्री माधव प्रसाद घिमिरे चढेकाे जीपले पृथ्वी राजमार्गस्थित खोप्टेभीर पुलनजिकै आइपुग्दा अगाडिको गाडीलाई ओभरटेक गरेर लेन समात्ने क्रममा पुलको बारमा गाडी ठोक्किएर त्रिशूली नदीमा खस्न पुगेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै उद्धारमा खटिएका एक प्रहरीले बताएका छन् । ‘मेरो आँखै अगाडि पुलको बारमा ठोक्किएर गाडी बायाँतर्फ त्रिशूली नदीमा खस्यो’, प्रत्यक्षदर्शी अर्को गाडीका चालकलाई उधृत गर्दै ती प्रहरीले भने, ‘दुर्घटनामा परेको गाडीले त्योभन्दा अगाडिको गाडीलाई ओभरटेक गरेर आफ्नो साइडमा लेन समात्न लाग्दा गाडी पुलको बारमा ठोक्किएको थियो ।

गाडी बारमा ठोक्किएपछि उछिट्टिएर भीरमा ठोक्किँदै त्रिशूलीमा खस्यो ।’ गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल नदीमा खसेको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका चालक राईले दुर्घटनाका बेला गाडी आफूले नभई पूर्वगृहमन्त्री घिमिरेले नै चलाएको बताएका छन् ।

‘दमौलीदेखि गाडी उहाँले नै चलाउनुभएको थियो’, उद्धारमा खटिएका प्रहरीसँग कुराकानी गर्ने क्रममा चालक राईले भनेका थिए, ‘दमौलीमा आइपुगेपछि गाडी रोक्न लगाउनुभयो । मलाई चालकको सिट खाली गर्न भन्नुभयो । तिमी थाकेका हौला, कुरिनटारसम्म म गाडी चलाउँछु ।

त्यसपछि तिमीले चलाउनु भन्नुभयो ।’ विडम्बना ! कुरिनटार आउन अढाइ किलोमिटर जति बाँकी रहेको ठाउँमा गाडी दुर्घटनामा पर्‌यो । घटनास्थल खोप्टेभीर मुग्लिन र कुरिनटारको मध्यक्षेत्रमा पर्छ । प्रहरीका अनुसार उनी आफू भने उछिट्टिएर बाँचेका थिए ।

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्