सुजताको नयाॅ घोषणा : संविधान संशोधनको विपक्षमा मतदान गर्ने


 


काठमाडौं, १० असोज

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले संविधान संशोधनले देशमा किचलो र अस्थिरता निम्त्याउने भएकाले तत्काल संशोधन आवश्यक नरहेको बताएकी छन् ।सोमबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोइरालाले पार्टी नेतृत्वले संविधान संशोधनमा माओवादीसँग सहमति गरे संशोधनको विपक्षमा मतदान गर्ने बताइन् ।

‘राष्ट्रिय हित विपरित संविधान संशोधनको प्रयास गरिए कांग्रेसका अधिकांश सांसदले विपक्षमा मतदान गर्छौं।’ उनले भनिन् । अहिलेकै संविधानमा भएअनुसारको ७ प्रदेशको सीमाना राम्रो भएको भन्दै कोइरालाले सीमाना  हेरफेरले लामो समयसम्म संविधान कार्यान्वयनमा अबरोध खडा गर्ने बताइन् ।

उनले भनिन्, ‘प्रदेशको अनुभव नै नगरी अहिल्यै सीमाना हेरफेर गर्न जरुरी छैन ।’ पहिले संविधानअनुसार ७ प्रदेशलाई कार्यान्वयनमा ल्याउनु पर्ने त्यपछि सीमाना हेरफेर गर्नु पर्ने आवश्यक्ता देखिएमा हेरफेर गर्न सकिने उनको धारणा छ ।
उनले पार्टी नेतृत्व ज्यादै कमजोर भएको र सभापति देउवाले संगठनलाई बलियो बनाउनुको सट्टा झन कमजोर बनाएको आरोप लगाइन् । हिजो मात्रै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफुहरुसँगको सरसल्लाह विना सभापतिले संविधान संशोधन गर्न लागेको बताउँदै कडा आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्