गोविन्द केसीले सुरु गरे नवौं अनसन


 


gobinda-kcकाठमाडाैं, असाेज १०

चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् । सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको भन्दै केसीले सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै अनसनको घोषणा गरेका हुन् ।

डा. केसीले दिउँसो ४ बजेदेखि अनसन सुरु गरेका हुन् । केसीले कार्यान्वयन हुन बाँकी तीनवटा मागमासमेत स्मरण गराउँदै चार बुँदे माग अघि सारेका छन् ।

उनले चिकित्सा शिक्षा ऐन संसदको जारी अधिवेशनबाटै पारित गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्की र सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउन, माथेमा आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षा शुल्क लागू गर्न, निजी मेडिकल कलेजका प्रतिनिधिसमेत सम्मिलित समिति खारेज गर्न माग गरेका छन् ।

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्