नेपाल एयरलाइन्सको विमान आकस्मिक अवतरण


 


nepal-airlines

काठमाडौं असोज १०

नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको विमानमा एक्कासी धुँवा देखिएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

सोमबार दिउँसो ३ बजेपछि पाइलटले काठमाडौं टावरलाई विमानमा धुवाँ देखिएकाले आकस्मिक अवतरणका लागि अनुमति मागेपछि एयरपोर्ट बन्द गरेर फोर्स ल्याण्डिङ गराइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।
उनका अनुसार विमान अवतरणका क्रममा १६ मिनेट एयरपोर्ट बन्द गरिएको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेको उनले बताए ।

जहाजलाई चेकजाँचका लागि ग्राउन्डेड गरिएको छ ।

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्