बिमलेन्द्र निधि : भारतलार्इ देखाउँदै, देउवालार्इ डुबाउँदै


 


nidhi-deubaकाठमाडाैं, असाेज १०

असोज ९ गते आइतबारको भेलामा मिनेन्द्र रिजालले ‘भारतको नाम लिएर विमलेन्द्रले सबैलाई धम्क्याउन र ब्ल्यामेलिङ थर्न थाले’ भनेर टिप्पणी गरेका थिए । मिनेन्द्रले ‘विमलेन्द्रले सभापति देउवालाई सिध्याउँछन्, त्यसपछि कांग्रेस सिध्याउँछन्’ भनेको एनसी स्रोतको दावी छ । जानकारहरुका अनुसार, भारतको नाम लिएर विमलेन्द्रले सभापति देउवालाई थर्काउनसम्म थर्काएर आतंकित पारेको बताइन्छ ।

भारतको नाम लिएरै उनले उपप्रधानमन्त्री पद पड्काएका छन् भने भारतको नाम लिएरै कांग्रेसमा पदाधिकारी नियुक्त हुन दिएका छैनन् ।स्रोत भन्छ– भारतलाई आफ्नो पक्षमा पारिरहने हो भने र भविष्यमा प्रधानमन्त्री बन्ने हो भने आफू पार्टी उपसभापति बन्नुपर्दछ भनेर विमलेन्द्रले सभापति देउवालाई चर्को दबाब दिएको दियै छन् ।

उपप्रधानमन्त्री बन्नका लागि विमलेन्द्रले ‘मलाई उपसभापति पद चाहिँदैन’ भनेका थिए । तर, अहिले मलाई उपसभापति नबनाए, भारतले मान्दै भनिरहेका खबर अाजकाे साँघु साप्ताहिकले प्रकाशित गरेका छ ।

रामचन्द्र समर्थक बुद्विजीवीहरुले चलाएको एनजीओमा बसेको रामचन्द्र खेमाको बैठकको मुख्य विषय नै विमलेन्द्र निधि बनका थिए ।स्रोतका अनुसार, कांग्रेलाई डुबाउने देउवा, देउवालाई डुबाउने विमलेन्द्र निधि भनेर कोषाध्यक्ष सितादेवी यादवले टिप्पणी गरेकी छिन् ।

मन्त्री समेत रहेकी सीतादेवीले सो भेलामा उपप्रधानमन्त्री निधिले मन्त्रिमण्डलमा आफूलाई सर्वेससर्वा ठानेको र अरुलाइै हेपाहा व्यवहार गरेको आरोप लगाइन् । स्रोत भन्छ– बैठकमा रामचन्द्रले विमलेन्द्रका बारेमा अनौठौ ठिप्पणी गरे ।

पार्टीको केन्द्रीय सदस्य मात्र रहेका विमलेन्द्र निधिले बोलेको कुरा पार्टीको विचार हुने अवस्था आएको नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् ।

विमलेन्द्रको कमाण्डमा देउवा ?
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वका संयुक्त सरकारमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री बनेका विमलेन्द्र अहिले देउवामाथि मात्र नभएर पार्टीमाथि नै पुरै हावी भएका छन् । जानकारहरु भन्छन्, ‘विमलन्द्रले जे भन्यो प्रधानमन्त्री प्रचण्ड त्यही मान्छन् ।’ विमलेन्द्रले बोलेको विचार कांग्रेसको हुने, उनले भनेको विचार भारतको समेत हुने अनौठो अवस्था छ ।

भारतले यसो भनेको छ र उसो भनेको छ भन्दै भारत रिसायो भो वित्याँस पर्छ भनेर निधिले सभापति देउवा र देउवा खेमाका सबै नेताहरुलाई थर्कारहेका बुझिन्छ । भारत भन्नासाथ लालाकलुलुक गल्ने कांग्रेसका एकथरी नेताहरुका लागि अहिले पार्टी सभापति देउवालाई समेत कमाण्ड गर्ने दुसह गरेर विमलेन्द्र सर्वशक्तिमान ठहरिएका छन् ।

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्