नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने, यस्तो छ एडीबीको प्रक्षेपण




काठमाडौं, असार ४
एशियाली विकास बैंक (एडीबी) ले एशियालीले चालू वर्ष नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने बताएको छ । 

एडिबीले यसअघि अनुमान गरेको अर्थतन्त्रको वृद्धिदर संशोधन गर्दै नयाँ अनिमान सार्वजनिक गरेको हो ।
गत वर्ष ७ प्रतिशतको वृद्धिदर हासिल भएकोमा नेपालको यो वर्ष ५ दशमलव ३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने एडीबीको शुरुवाती आँकलन थियो ।

नेपाल सरकारले यसअघिनै २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरिसकेको छ ।

त्यस्तै एशियाली विकास बैंकले एशियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयताकै न्यून हुने प्रक्षेपण गरेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविध प्रभावित भएकाले वृद्धिदर शून्य दशमलव १ प्रतिशतमा सीमित हुने बैंकले प्रक्षेपण गरेको हो ।

यसअघि यो क्षेत्रको वृद्धिदर २ दशमलव २ प्रतिशत कायम हुने अनुमान गरेको बैंकले प्रक्षेपण संशोधन गरेको हो । यो वर्षको वृद्धिदर सन् १९६१ यताको न्यून हुने बैंकले जानकारी दिएको छ । एशियाका अधिकांश उपक्षेत्रको वृद्धिदर सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ ।

एडीबीले सन् २०२० मा पूर्वी एशियाको वृद्धिदर १ दशमलव ३ प्रतिशतमा सीमित हुने बताएको छ । यसअघि अप्रिलमा २ दशमलव ३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रक्षेपण गरिएको थियो । यो क्षेत्रमा सन् २०२१ देखि सुधार आउने अनुमान बैंकले गरेको छ ।

त्यस्तै एडीबीले दक्षिण एसियाको वृद्धिदर सन् २०२० मा ३ प्रतिशको वृद्धि हुने अनुमान गरेको छ । यसअघि अप्रिलमा ४ दशमलव १ प्रतिशतको वृद्धिदर हुने अुनमान थियो ।

यो वर्ष दक्षिण पूर्वी एशियामा २ दशमलव ७ र मध्य एशियामा शून्य दशमलव ५ प्रतिशतको वृद्धिदर कायम हुने बैंकले प्रक्षेपण  गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News