Deshko News
८ आश्विन २०८०, सोमबार

प्रचण्डको खुलासा : चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित



काठमाडौं, असोज १०

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण अहिले नहुने बताएका छन् । आज उनले पार्टी केन्द्रीय कार्यालय र निवास बालुवाटारमा माओवादी केन्द्रका नेताहरुबीच यसो भनेका हुन् ।

स्रोत अनुसार, दाहालले भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनपछि चिनियाँ राष्ट्रप्रतिको नेपाल भ्रमणका लागि आफूले पहल गर्ने त्यहाँ बताएका छन् ।

चिनियाँ प्रधानमन्त्री भारतमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुन जाँदा या फर्कंदा नेपाल भ्रमणमा आउने बताइएको थियो । यद्यपि यसको औपचारिक घोषणा गरिएको थिएन । पछिल्लो कालमा ब्रिक्स सम्मेलनमा सहभागी हुन जानेक्रममा नेपालको भ्रमण गर्ने भनिएको थियो । तर, अब चिनियाँ राष्ट्रपति नआउने निश्चित भएको छ ।

भारतको गोवामा असोज २८ र २९ मा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका संलग्न ब्रिक्स सम्मेलन हुँदैछ । सोही बेला पारेर विमस्टेक सम्मेलन पनि भारतमा हुँदैछ । विमस्टेक सम्मेलनमा प्रधानमन्त्री दाहाल भारतको गोवा जाने र सोही बेला चिनियाँ राष्ट्रपतिसँग भेट्ने कूटनीति चाँजो मिलाइँदै गरेको स्रोतहरुले बताएका छन् ।

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News