पानी ल्याउनकै लागि तीनवटी श्रीमती


 


एजेन्सी मूम्बई, जेठ २२

भारतमा बहुविवाहलाई कानुनी बन्देज लगाइएको छ। तर महाराष्ट राज्यको देंगानमाल गाउँमा प्रायः पुरुषले भने दुई तीन जना महिलासँग विवाह गरेका हुन्छन् । त्यसको एउटै कारण हो गाउँ पानीका अभाव हुनु ।

मूम्बईदेखि १सय ४० किलोमिटर टाढा रहेको सो गाउँमा पुरुषहरुले घरमा पानीको जोहो गर्न बहुविवाह गर्ने गरेको समाचार संस्था रोयर्टसले जनाएको छ। सो गाउँमा बहुविवाह चलन नै बनेको छ। ६६ वर्षका सखाराम भगतकी तीन वटा श्रीमती छन् ।

तीमध्ये दुईवटालाई उनले घरमा पानीको जोहो गर्नकै लागि विवाह गरेका हुन् । ‘जेठी श्रीमतीलाई खाना पकाउन र घरायसी कामले नै फुर्सद हुँदैन, अर्की बिरामी भएकी छन्, घरमा पानीको जोहो गर्न अर्को विवाह गर्न बाहेक मसँग कुनै विकल्प थिएन‘, भगतले भने।

देंगानमाल गाउँमा खानेपानीको धारा छैन । सय घरधुरी रहेको सो गाउँका महिलाहरु पानीको लागि दुई वटा इनारमा जम्मा हुन्छन् । लाइनमा बसेर पालो कुर्नु पर्नेभएकाले  एक खेप  पानी ल्याउनपनि घण्टौं समय लाग्छ। महाराष्ट्र राज्यमा मात्र करिब १९ हजार गाउँमा खानेपानीको समस्या रहेको त्यहाँको सरकारले जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्