सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्य


 



काठमाडौं, असार १०
नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुन आज प्रतितोला ९१ हजार एक सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुन यसअघि सबैभन्दा बढी प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँँदीको मूल्य पनि हिजोको तुलनामा बढेको छ । तोलामा पाँच रुपैयाँले बढ्दै प्रतितोला ९ सय ४५ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्