बेलायतमा बनेको कोरोना भ्याक्सिन अब मानिसमा परीक्षण गर्ने तयारी


 



काठमाडौं, असार ११
बेलायतले तयार पारेको भनिएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी गरिएको छ ।

यसअघि जनावरमा गरिएको परीक्षण सफल भएपछि अब मानिसमा परीक्षणको तयारी गरिएको हो । लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो ट्रायल गरिनेछ ।

इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व प्राध्यापक रोबिन शटोक गरिरहेका छन् ।

हाल संसारभरी १२० स्थानमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास गरिँदैछ । तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ । एजेन्सी

प्रकाशित मिति: ११ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्