४४ सहसचिवकाे सरूवा (काे कहाँ पुगे ? सूचिसहित)


 


काठमाडाैं, असाेज ११

मन्त्रीहरूले अाफू अनुकुल काम गराउन ४४ सहसचिव सरुवा गरेका छन् । मन्त्रीहरूले पार्टी निकट र आफ्नो स्वार्थमा काम गर्ने सहसचिवलाई महत्त्वपूर्ण मन्त्रालयमा ल्याएकाे सरूवाकाे सूचिले प्रष्ट पारेकाे छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएकाे दुर्इ महिना पुगेकाे छैन्, तर यसबिचमा उनले सचिव र सहसचिवकाे सरूवा गरिसकेका छन् ।

काे कहाँ सरूवा भए ?

योजना आयोगका मधु मरासिनी, सामान्य प्रशासनको अतिरिक्त समूहका बलराम रिजाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका गजेन्द्रकुमार ठाकुर, जीवन प्रकाश सिटौला र रामकृष्ण सुवेदी अर्थ मन्त्रालय

प्रधानमन्त्री कार्यालयका उत्तरकुमार खत्री, नारायण दवाडी, सूचना तथा सञ्चारका द्रोण पोखरेल, रक्षाका शिवप्रसाद सिम्खडा, शान्ति तथा पुनर्निर्माणका शंकर खरेललाई गृह मन्त्रालय

अर्थ मन्त्रालयबाट हरिशरण पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय

उत्तमनारायण भट्टराईलाई पर्यटन मन्त्रालय

गृह मन्त्रालयका चक्रबहादुर बुढालाई स्थानीय विकास

योजना आयोगका जयनारायण आचार्यलाई पर्यटन

अख्तियारका शंकर थापालाई भूमिसुधार

शान्ति तथा पुनर्निर्माणका राधाकृष्ण प्रधानलाई सत्य निरूपण तथा मेलमिलाप आयोग

राष्ट्रपति कार्यालयका कृष्ण पौडेललाई उपराष्ट्रपति कार्यालय

सामान्य प्रशासनका ईश्वर पौडेललाई अख्तियार

सार्वजनिक खरिद अनुगमन कार्यालयका मुकुन्द निरौलालाई सामान्य प्रशासन

शान्ति तथा पुनर्निर्माणका जीवराज कोइरालालाई अख्तियार

प्रधानमन्त्री कार्यालयका विनोद कुँवरलाई लोकसेवा आयोग

सतर्कता केन्द्रका दामोदर रेग्मीलाई प्रधानमन्त्री कार्यालय

सूचना तथा सञ्चारका नवराज ढकाललाई निर्वाचन आयोग

अख्तियारका ईश्वरजंग कार्कीलाई सूचना तथा सञ्चार

अख्तियारका डिल्लीराम शर्मालाई प्रधानमन्त्री कार्यालय

आपूर्तिका आनन्दराम रेग्मीलाई रक्षा

सामान्य प्रशासनको अतिरिक्त समूहका विश्वराज पाण्डेलाई श्रम तथा रोजगार मन्त्रालय

महिला मन्त्रालयका रामप्रसाद भट्टराईलाई महिला आयोग

आपूर्ति मन्त्रालयका उत्तम नागिलालाई स्थानीय विकास

सार्वजनिक खरिद अनुगमन कार्यालयका नरेशकुमार चापागाईंलाई महिला मन्त्रालय

शान्ति तथा पुनर्निर्माणका सञ्जयकुमार खनाललाई योजना आयोग

श्रम तथा रोजगार मन्त्रालयका सूर्यप्रसाद श्रेष्ठलाई आपूर्ति मन्त्रालय

पर्यटन मन्त्रालयका सुदर्शन ढकाललाई शान्ति तथा पुनर्निर्माण

रक्षाका कुलप्रसाद चुडाललाई राष्ट्रपति कार्यालय

भूमिसुधारका कपिल डंगोललाई ऊर्जा मन्त्रालय

सिँचाइ मन्त्रालयका माधव बेल्वासेलाई जल तथा ऊर्जा आयोग

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्