एमालेले कहाँ-कहाँ अामसभा गर्देछ ?


 


काठमाडाैं, असाेज १२

संविधान कार्यान्वयन गर्नका लागि दबाब दिन नेकपा (एमाले)ले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ । एमालेले संविधान कार्यान्वयन गर्न चार महिने ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान–२०७३’ सञ्चालन गर्ने भएकाे छ ।

‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने मूल नाराका साथ एमालेले कात्तिकदेखि माघ महिनासम्म अभियान सञ्चालन गर्नेछ । अभियानकै क्रममा एमालेले प्रदेश भेला, प्रशिक्षण, अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्ने तयारीमा जुटेकाे छ ।

सात प्रदेशमा बृहत् जनसभा कहिले र कहाँ ?

एमालेले संविधान कार्यान्वयनका लागि दबाब दिन अभियानकै क्रममा सात प्रदेशका प्रमुख आठ सहरमा बृहत् जनसभा गर्ने भएको छ । प्रदेश नं १ विराटनगर, प्रदेश नं २ जनकपुर, प्रदेश नं ३ काठमाडौँ, प्रदेश नं ४ पोखरा, प्रदेश नं ५ बुटवल र नेपालगन्ज, प्रदेश नं ६ सुर्खेत तथा प्रदेश नं ७ धनगढी जनसभा गर्नेछ ।
प्रदेश सभाको संयोजन प्रदेश संयोजक र सहसंयोजकले गर्नेछन् । यसैगरी एमालेले हरेक जिल्ला सदरमुकाम र मुख्य सहरमा तथा अन्य स्थानमा स्थिति र आवश्यकता हेरी सभा आयोजना गर्ने भएकाे छ ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्