कति छ आज बजारमा सुनचाँदीको मूल्य ?


 



काठमाडौं, असार २१
नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ । बजारमा आज सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्