चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तत्काल नहुने


 


xi-jinping

काठमाडौं, असोज १२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङ को नेपाल भ्रमण तत्काल नहुने बताएका छन् ।
उनले पार्टी केन्द्रिय कार्यालयमा आयोजित बैठकमा आफ्ना नेताहरुलाई तत्काल चिनियाँ राष्ट्रपतिको भ्रमण सम्भव नभएको र ब्रिक्स सम्मेलनपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे आफूले पहल गर्ने बताएका हुन् ।

यता विश्लेषकहरु भने केपी ओली सरकारको पालामा चीनसँग भएका सम्झौता कार्यान्वयनका लागि प्रचण्ड सरकारले चासो नदेखाउन नै भ्रमण नहुनुको मुख्य कारण मान्छन् ।
कुटनीतिक क्षेत्रका अनुसार विगतका सम्झौता कार्यान्वयनका लागि चीनले राजनितिक इच्छा शक्ति र प्रतिबद्धता चाहेको तर नेपालको तर्फबाट त्यस्तो खासै सकारात्मक संकेत नदेखिएकाले चिनियाँ राष्ट्रपतिको भ्रमण नहुन नसकेको चीनका लागि पूर्व राजदूत टंक कार्कीको बुझाई छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जारी भएको संयुक्त विज्ञप्तिमा नेपालको वैदेशिक मामिला भारतलाई सुम्पेसरह अर्थ लाग्ने भएकाले यसबाट चीनले नेपाललाई महत्व नदिएको हुनसक्ने कतिपयको आँकलन छ ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्