फेरि बढ्यो सुनको मूल्य


 



काठमाडौं, असार २३
नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ९ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला ९ सय ५० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ४० रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्