मनपरि ढङ्गले हुने संविधान संशोधनको प्रतिकार गर्छौ : नेता नेपाल


 


madav-nepal

काठमाडौैं, असोज १२

नेकपा एमालेका नेता माधवकुमार नेपालले मनपरि ढंगले सरकारले संविधान संशोधन गरे प्रतिकार गर्ने बताएका छन् ।

एमाले दाङको १२ औं जिल्ला अधिवेशनलाई बुधबार तुलसीपुरमा उद्घाटन गर्दै नेता नेपालले दलहरुबीच छलफल र सहमति नभई संविधान संशोधन हुन नसक्ने र राष्ट्रिय सहमतिका साथ देशलाई निकाश दिने कुरामा एमाले कहिल्यै बाधक नहुने बताए ।

नेता नेपालले संविधान कार्यान्वयनका लागि स्थानिय निकाय र प्रान्तिय निर्वाचन माघ ७ गतेभित्र गसिक्नु पर्छ तर सरकार यस कुरामा गम्भीर नभएको आरोप लगाए ।

कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव तथा प्रदेश नं. ५ का इन्चार्ज विष्णु पौडेल, पूर्व सञ्चारमन्त्री शंकर पोख्रेल, केन्द्रिय सदस्य भागवत विश्वासी, मेटमणी चौधरी लगायतको सहभागी रहेको थियो ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्