सुनको मूल्यमा नयाँ रेकर्ड, बन्यो अहिलेसम्मकै महङ्गो


 



काठमाडौं, असार २४
नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियोे । सुन यसअघि सबैभन्दा बढी असार १४ गते ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला ९ सय ५५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भएको थियोे ।

प्रकाशित मिति: २४ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्