नेकपा स्थायी कमिटी बैठक एक साता पर सर्यो


 



काठमाडौं, असार २६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आगामी एक साताको लागि स्थगित गरिएको छ ।

देशभर भैरहेको विपदका घटनाका कारण बैठक स्थगित गरिएको र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

अतिवृष्टिबाट क्षति समेत भइसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्नको लागि पनि बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले बताए । उनले आज विहान ट्विटरमार्फत यस्तो जानकारी दिएका हुन् ।

स्थायी कमिटीको बैठक आज विहान ११ बजे बस्ने तय भएको थियो । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला पछिल्ला दिनमा स्थायी कमिटी बैठकसमेत प्रभावित बन्दै आएको छ।

उनले लेखेका छन्, ‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न`+ पार्टी केका को तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्