सुनको मूल्य आज घट्यो


 



काठमाडौं, असार २६
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो हालसम्मकै धेरै मूल्य प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला ९ सय ५० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्