यातायात व्यावसायीकाे पक्षमा गगन थापाकाे ट्वीट


 


काठमाडौं, असार २७
नेपाली कांग्रेसका नेता गगन थापाले यातायात व्यावसायीकाे पक्षमा सामाजिक संजालमा ट्वीटरमा अाफ्नाे धारणा राखेका छन्। उनले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले सरोकारवालासँग छलफल गर्नु पर्ने बताएका छन् ।

थापाले शनिबार प्रधानमन्त्रीलाई मेन्सन गरेर टि्वटरमा लेखेका छन्, ‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर, स्वास्थ्यविज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरी व्यावसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्नसक्ने, उपभोत्ता मारमा नपर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने समाधान खोज्नुस् ।

यातायात व्यावसायीहरूले आफ्नो माग पुरा नभएसम्म यातायात क्षेत्र ठप्प राख्ने चेतावनी दिइरहेका बेला थापाले यस्तो धारणा राखेका हुन । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले शुक्रबार आफ्ना मागहरू पुरा नभएसम्म सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । २३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि व्यावसायीहरूले यस्तो निर्णय गरेका हुन ।

प्रकाशित मिति: २७ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्