बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण, अस्पताल भर्ना


 



काठमाडौं, असार २८
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ ।

बच्चनले आफैले आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई कोरोना पोजिटिभ भएको सार्वजनिक गरेका हुन् । कोरोना देखिएपछि उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएका छन् ।

उनले लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’

उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन उनले आग्रह गरेका छन् ।

अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।

उनी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा पनि देखिँदै थिए ।

प्रकाशित मिति: २८ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्