गोताखोरले भेटाए त्रिशुलीमा डुबेको गाडी


 


काठमाडाैं, असाेज १३

चितवनको घोप्टेभिरमा दुर्घटनामा परेका पूर्व गृहमन्त्री माधव घिमिरेको त्रिशुलीमा डुबेको गाडी खोजिरहेको गोताखोरको टोलीले नदीमा डुबिरहेको अवस्थामा गाडी भेटाएको छ । यद्यपी यो गाडी माधव घिमिरे चढेको गाडी भए नभएको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

गोताखोरको टोलीले घोप्टेभीरबाट करिब १०/१५ मिटर तल नदी भित्र डुविरहेको गाडी फेला पारेको हो । गत आइतबार दुर्घटनामा परेको भएपनि अहिले सम्म घिमिरे तथा उनका भाइहरुको अवस्था अज्ञात छ । सोही स्थानमा त्यसको केही दिन अघि मात्र एक मालवाहक ट्रक खसेको थियो । उक्त स्थानमा अहिले सम्म थुप्रै दुर्घटना भैसकेका छन् ।

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका तीन दाजुभाइ गत आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस– ३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए ।

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्