सुनको मूल्य आज थप घट्यो


 



काठमाडौं, असार २८
बजारमा आज सुनको मूल्य थप घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार एक सय रुपैयाँमा झरेको छ । सुन शुक्रबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत नै छ । चाँदी आज पनि प्रतितोलला ९ सय ८० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ असार २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्