सुनको मूल्य आज फेरि बढ्यो


 



काठमाडौं, असार २९
नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला ९ सय ९० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्