निमावली निलम्बनप्रति एमालेको आपत्ति


 


rabindra-adhikari

काठमाडौं, असोज १३

बजेट आश्रित विधेयक पारित गर्न संसदको निमावली निलम्बन गर्दा सांसदकोे अधिकार खोसिएको भन्दै प्रमुख विपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

व्यवस्थापिका संसदमा बोल्दै एमाले सांसद रविन्द्र अधिकारीले निमावली निलम्बन गर्दा संसदको अधिकार, जनप्रतिनिधिको अधिकार र जनताको अधिकार निलम्बन भएको र यो प्रचलन नै ठिक नभएको बताए ।

उनले नियम निलम्बन गर्नु गम्भीर भुल गरेको र संसदलाई केटाकेटीको खेल सोच्न पनि चेतावनी दिए ।

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्