डाक्टर केसीका मागबारे बोले गगन थापा, के भने


 


gagan-thapa

काठमाडौं, असोज १३

स्वास्थमन्त्री एवं काँग्रेस युवा नेता गगन थापाले अनसनरत डाक्टर गोविन्द केसीका माग पुरा गर्न सरकार लागिपरेको बताएका छन् ।

बिहीबार मन्त्रिपरिषदको बैठक सकेर बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री थापाले जति सक्दो छिटो चिकित्सा शिक्षा ऐन पारित गरेर त्यसैको आधारमा मेडिकलकलेजहरु सञ्चालन गरिने र चिकित्सा शिक्षा ऐन सकेसम्म बिहीबार नै पारित हुने सम्भावना रहेको जानकारी दिए ।

मन्त्री थापाले मनमोहन मेडिकल कलेज सम्बन्धि विधेयक फिर्ता लिने निर्णय गरेको पनि बताए ।

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्