दीपाश्रीलाई माफी दिन राजेश हमालले गरे यस्तो आग्रह (भिडियोसहित)


 



काठमाडौं, असार ३१
हास्यकलाकार तथा चलचित्र निर्माता दीपाश्री निरौलाले महानायक राजेश हमालको विषयमा दिएको अभिव्यक्तिपछि सृजित अवस्थाका बारेमा बोल्न स्वयम हमालनै बोल्नुपरेको छ ।

निरौलाले ‘राजेश हमाल महानायक हो र ? भन्दै दिएको अभिब्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा उनको निकै आलोचना भइरहेको छ । उनले माफीसमेत मागिसकेको अवस्थामा पनि उनीमाथि गालिगलौज कम नभएपछि अन्य कलाबारहरुले पनि फ्यानहरुलाई सम्झाउने प्रयास गरे । तर, निरौललामाथिको आलोचना कम भएन ।

अहिले राजेश हमालले नै आफै फेसबुक लाइभमा आएर आफ्ना फ्यानहरुलाई सम्झाएका छन् । मध्यराति राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियोमा दीपालाई माफी दिन आग्रह गरेका हुन्।

भिडियोमा उनले राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला भनेका छन् । उनले भिडियोमा दिपाश्रीको नाम लिएका छैनन् ।

उनले भनेका छन् ‘दर्शकहरूलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अलि फराकिलो भएर, वृहत चित्रलाई मनन् गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं।’

https://www.facebook.com/rajesh.hamal.5872682/videos/2678942862320554/?t=18

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्