नेपाल लाइफको कार्यवाहक सिइओमा सन्तोष प्रसाई


 


काठमाडौं, साउन १
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रसाईलाई दिइएको हो ।

प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाउनु भएको हो । असार ३१ गते बसेको संचालक समितिको बैठकले उहाँलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो ।

प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध हुनुहुन्छ । यसअघि उहाँले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हाल्नु भएको थियो ।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्