सूर्य नेपाल प्रा.लि.द्वारा कोभिड बिरुद्ध लड्न प्रत्येक प्रदेशमा १-१ करोड सहयोग


 


काठमाडौं, साउन १
नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रा.लि.ले कोरोना विरुद्ध लडाईमा सहयोग पु¥याउन नेपालका सातवटै प्रदेशलाई रु. १ करोडको दरले कूल रु.७ करोड सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले जनाएअनुसार, सूर्य नेपाल प्रा.लि.का भाइस प्रेसिडेण्ट– कर्पोरेट, श्री रवि केसीले रु.१ करोडका दरले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एक समारोह बिच चेक हस्तान्तरण गर्नुभयो ।

यसैगरी सूर्य नेपाल प्रा.लि का तनहुँ कारखाना प्रमुख श्री बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई रु १ करोडको चेक हस्तान्तरण गर्नुभयो । साथै बाँकी प्रदेशहरुः प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

सहयोग रकम प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत प्रदेश १ प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, विराटनगर, प्रदेश २ कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोष, जनकपुर, बागमती प्रदेश बागमती प्रदेश कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथाउपचार कोष, हेटौंडा, गण्डकीप्रदेश कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, पोखरा, प्रदेश ५ कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष, बुटवल,कर्णाली प्रदेश प्रदेश विपद् व्यवस्थापन कोष, विरेन्द्रनगर रसुदूरपश्चिम प्रदेशः कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष, धनगढीलाई रु.१ करोड सहयोग बापत प्रदान गरिनेछ ।

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोनाभाइरस विरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको रहेको छ ।

सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न सदैवतत्पर रहँदै लकडाउनको जटिल अवस्थामा पनि कोभिड प्रभावित जनतालाई राहत उपलब्ध गराउन बारा, पर्सा र तनहुँ जिल्लाका नगरपालिका तथा विभिन्न वडाहरुमासहयोग प्रदान गरेको थियो । आगामी दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्