छाेरीसहित नायिका ऐश्वर्या अस्पताल भर्ना



काठमाडौं, साउन ३
भारतमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बलिउड कलाकारका परिवारमा पनि संक्रमण बढेकाे छ।

अमिताभ बच्चनको श्रीमती जया बच्चन बाहेक सबैमा कोरोना पुष्टि भइसकेको छ । कोरोना पोजेटिभ भएको ५ दिनपछि पूर्व विश्व सुन्दरी एवम् नायिका ऐश्वर्या राय बच्चन र छोरी आरध्यालाई अस्पताल भर्ना गरिएको छ ।

उनीहरुलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । उनीहरुलाई ५ दिन अघि संक्रमण पुष्टी भएको थियो ।

संक्रमण पुष्टी भएपछि घरमै आईसोलेसनमा बस्दै आएका उनीहरुलाई शुक्रबार साँझ नानावती अस्पतालमै भर्ना गरिएको छ ।

उक्त अस्पतालमा भारतीय अभिनेता अमिताभ बच्चन र ऐश्वर्या पति अभिषेक बच्चन उपचाररत रहेका छन् । उनीहरुलाई पनि शनिबार नै कोरोना पुष्टी भएको थियो ।

यसअघि अनुपम खेरको दाजु भाउजु र नायिका रेखाको सुरक्षागर्डमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News