सुनको मूल्य आज फेरि बढ्यो, कति पुग्यो ?


 



काठमाडौं, साउन ४
नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार पाँच रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्