सुनचाँदीको मूल्य आज घट्यो


 



काठमाडौं, साउन ५
नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्