राजनीतिक दबाबमा काम गर्न हुन्न : प्रहरी महानिरीक्षक अर्याल


 


upendrakant-aryal

भीमदत्तनगर, असोज १४

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा शुक्रबार कञ्चनपुरमा आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उनले दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्ने बताए ।

महानिरीक्षक अर्यालले “राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने तर काम भन्ने न्याय र तथ्यका आधारमा कानुनको घेराभित्र रहेर गर्नुपर्छ भने ।

कञ्चनपुरलगायत यहाँका सीमाक्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने जनाउँदै उनले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको बताए।

प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्