साम्राज्ञीविरुद्ध भूवन केसीले दायर गरे मुद्दा



काठमाडाैँ, साउन ९
नायक भूवन केसीले जिल्ला अदालत काठमाडाैँमा साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन् । स्राेतका अनुसार बिहिबार उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन्।

साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भन्दै भूवनले मुद्दा दर्ता गरेका हुन् । नायक केसी र नायिका शाहविच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो ।

साथै, नायक केसीले चलचित्र ‘ड्रिम्स’को बिषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुव्र्यवहारको बिषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको वुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News