लकडाउन पछि ‘द कपिल शर्मा सो’को सुटिङ सुरु



काठमाडौं, साउन ९
कोरोना भाइरसका कारण स्थगीत भएको ‘द कपिल शर्मा सो’ को सुटिङ सुरु भएको छ। लकडाउनपछिको पहिलो एपिसोडमा लकडाउनबाट प्रभावित मजदुरलाई घर पुर्‍याउन सहयोग गरेका बलिउड अभिनेता सोनु सूद देखिएका छन्।

सुटिङ सुरु भएपनि यसको प्रसारण भने अर्को महिनादेखि हुने जनाएको छ। पहिलो एपिसोड अगस्त १ तारेखमा प्रसारण हुनेछ। कपिल शर्माले पनि फोटो सेयर गर्दै सुटिङ सुरु भएको जानकारी दिएका छन्। यसमा दूरी कायम गरेर थोरै मात्र दर्शक राखिएको छ।

कोरोनाका कारण महाराष्ट्र सरकारले कार्यक्रम निर्माण गर्न मापदण्ड जारी गरेको छ। त्यसअनुसार भीडभाड हुन नदिने गरि कार्यक्रमको ढाँचामा केही फेरबदल गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News