अस्पतालबाटै बलिउड अभिनेता अमिताभ बच्चनले गरे यस्ताे प्रार्थना



मुम्बइ, साउन ११
बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका चार जनालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

यस बीचमा अमिताभ र अभिषेकले आफूहरुको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक गर्दैआएका छन् । करोडौं शुभचिन्तकलाई उनीहरुले अस्पतालबाटै सामाजिक सञ्जाल मार्फत् जानकारी दिएका छन् ।

तर अमिताभ बच्चनले हालै इन्स्टाग्राममा पोस्ट गरेको प्रार्थनाले चर्चा पाएको छ । उनले आफ्नो स्वास्थ्य लाभका लागि भगवानसँग प्रार्थना गरेका छन् । मानिसको भीडसहितको फोटो पोस्ट गर्दै भगवानलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘तपाईँले ममाथि उठाउनुभएको आशिर्वादको हातले मलाई हौसला दिन्छ । र यो कहिल्यै गुमाउन चाहन्न म । मलाई साथ दिनूस् भगवान !’ अमिताभको यस्तो प्रार्थनामाथि उनका करोडौं शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् । साथै अधिकांशले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गर्दैआएका छन् ।

हाल अमिताभसँगै उनका छोरा अभिनेता अभिषेक, बुहारी अभिनेत्री ऐश्वर्या राय र नातिनी आरध्या नानावती अस्पतालमा उपचाररत छन् । अमिताभका अनुसार अझै उनीहरुको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छैन । दुई साताअघि कोभिड १९ बाट संक्रमित भएका उनीहरुको स्वास्थ्य सामान्य रहे पनि कोरोनाबाट मुक्त भइसकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News