कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टी



madhav-ghimire-antyostiकाठमाडाैं, असाेज १४

६ दिनअघि चितवनको दारेचोक गाविसमा पर्ने घोप्टेभीरबाट गाडिसहित त्रिशुली नदीमा हराइरहेका पूर्व गृहमन्त्री माधव घिमिरे र उनका भाइ प्रकाश घिमिरेको कुशको शव बनाएर अन्त्येष्टी गरिएको छ । एक सातासम्मको खोजीपछि पनि नभेटिएपछि परिवारले उनको निधन भएको विश्वास गरी कुशको प्रतिरुप बनाएर अन्तिम संस्कार सुुरु गरेका छन् ।

सो दुर्घटनामा निधन भएकी घिमिरेकी आमा चैतन्यकुमारीको शवसँगै छोराहरुको पनि दाहसंकार गरिएको हो । चैतन्यकुमारीको शवमा नाती तथा घिमिरेका छोराले दागबत्ती दिए । पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार गरिएको अन्तिम संस्कारमा गृहमन्त्री बिमलेन्द्र निधी, मुख्यसचिव सोमलाल सुवेदी लगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

गत आइतबार मुक्तिनाथमा बुबाको श्राद्ध गरी फर्कने क्रममा घिमिरे चढेको गाडी घोप्टेभीरबाट त्रिशुलीमा खसेको थियो । दुर्घटनामा मृत्यु भएका तीन जनाको शव भेटिएको थियो भने पूर्वगृहमन्त्री घिमिरेसहित ३ जना अझै हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News