सुशान्तका पिताले दिए रियाविरुद्ध उजुरी, लाग्यो यस्तो आरोप


 



काठमाडौं, साउन १४
आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतका पिताले उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्।

उनका पिता केके सिंहले पटनास्थित राजीवनगर प्रहरी चौकीमा रियाविरुद्ध उजुरी दिएका हुन्। उनले उजुरीमा उनले रियालाई आत्महत्या गर्न बाध्य पारेको तथा पैसा माग्ने गरेको आरोप लगाएका छन्। उजुरीपछि पटना प्रहरीको एक टोली मुम्बई गएको छ।

१४ जुनमा बान्द्रास्थित आफ्नै निवासमा मृत फेला परेका थिए। सुशान्तको आात्महत्यापछि मुम्बई प्रहरीले १०० जना भन्दा बढीसँग सोधपुछ गरेको छ।

यसअघि रियाले गृहमन्त्री अमित शाहलाई यो घटनाको छानविनका लागि सीबीआईलाई जिम्मा दिन अनुरोध गरेकी थिइन्। तर अहिले उनी आफैं छानबिनको दायरामा आएकी छन् ।

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्