अनसनरत डा.केसी विरुद्ध अनसन सुरु


 


ansan-at-b-c-hospital-jhapa

काठमाडौं,असोज १४

मेची अञ्चलको विर्तामोडमा रहेको बी एण्ड सी नामक मेडिकल कलेज सञ्चालन गर्न दिइनु पर्छ भन्दै झापाका समाजसेवी एवं कलेज सञ्चालक चैतन्य प्रसाद मैनाली बुधबार देखि अनसन बसेका छन् ।

विकट जिल्लामा मेडिकल कलेज खोल्ने डा. गोविन्द केसीको योजना अनुसार नै मेची अञ्चल अस्पताल निर्माण गरिए हो । तर अस्पताल सञ्चालन हुन नपाउँदै पुनः डा. केसी कै माग अनुसार अहिले सरकारले हालका लागि कुनै पनि मेडिकल कलेजलाई सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।

सरकारले गरेको उक्त निर्णय गलत भएकाले त्यसैकोे विरोधमा मैनालीले अनसन सुरु गरेको बी एण्ड सी अस्पतालका सञ्चालकहरु मध्येका एक जना दुर्गा प्रसाई बताए ।

प्रसाईले सरकारले मैनालीका माग पुरा नगरे शनिबार देखि विरोधका कार्यक्रम अगाडी बढाउने चेतावनीे दिए ।

प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्