बजारमा रक्सी नपाएपछि स्यानिटाइजर खाए, १० जनाले संसार छोडे



एजेन्सी । भारतमा लकडाउनका कारण रक्सी नपाएपछि स्यानिटाइजर पिउदा १० जनाका मृत्यु भएको छ । आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर पिउदा १० जनाको मृत्यु भएको हो । 

कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण रक्सी पसलहरु बन्द हुँदा उनीहरुले अल्कोहल मिश्रित स्यानिटाइजर पिएको भारतीय मिडियामा जनाइएको छ । कुरिचेदु गाउँमा कोरोनाभाइरसको संक्रमण बढेपछि लकडाउन गरिएको थियो । 

उक्त गाउँका मानिसहरुले रक्सी नपाउदा अल्कोहल मिश्रित स्यानिटाइजर पिएको जिल्ला प्रहरी प्रमख सिद्धार्थ कौशलले  बताए । उनीहरुले १० दिनदेखि अल्कोहल मिश्रित स्यानिटाइजर पिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News