दशैंतिहारपछि प्रचण्ड सरकार ढल्दै !


 


काठमाडाैं, असाेज १५

संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ । दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई छठसम्म पर्खने बताएको हो । त्यसपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने र भीषण आन्दोलन गर्ने चेतावनी पनि मोर्चाले दिएको छ ।

अाजकाे राजधानी दैनिक लेख्छ, मोर्चाले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार ढल्नेछ । संविधान संशोधन विधेयक दर्ता नगराए छठ पर्व सकिनेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आनन्दोलन चर्काउने निष्कर्षसहित मोर्चाका नेता जुटेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गर्न सरकारले ढिलाई गरेको आरोप लगाउँदै मधेसी मोर्चाले अब धेरै समय पर्खन सक्ने बताएको हो । संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले धेरै समय पर्खिन नसक्ने बताउदै अब गम्भीर निर्णय गर्न बाध्य हुने बताए ।

प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्