बलिउड अभिनेता अमिताभ बच्चन कोरोना मुक्त



काठमाडौं, साउन १८
बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त बनेका छन् । उनको पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनी अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन् । उनका छोरा अभिषेकले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् ।

अमिताभ बच्चनको परिवारका चार जनालाई कोरोना संक्रमण भएकोमा बुहारी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या यस अगाडि नै डिस्चार्ज भएका छन् । अभिषेकको पछिल्लो अबस्थाबारे जानकारी गराईएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News