समयमै चुनाव नभए देश ठुलो दुर्घटनामा फस्ने रावलको चेतावनी


 


photos-bhim-rawol-650x385

काठमाडौं असोज १५ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चैत र बैशाख महिनामा निर्वाचन नभए देश ठुलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।

प्रेस चौतारी नेपाल रामेछाप शाखाले रामेछापमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रावलले स्थानीय र प्रतिनिधिसभाको निर्वाचन एकैचोटी गरेर भएपनि तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताए ।

उनले ७ वर्ष लगाएर ९० प्रतिशत भन्दा बढी सभासदहरुको हस्ताक्षरमा जारी भएको संविधान सबैलाई मान्य भएकाले तत्काल संशोधनको आवश्यकता नरहेको दावी गरे ।

प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्